प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह– आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गरौं

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह– आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गरौं
Advertisement Ads

प्रधानमन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुलाई नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्न आग्रह गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरुसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउनेतर्फ पनि अग्रसर हुन आग्रह गरेका हुन्।

त्यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने तथा पुराना र अव्यवहारिक सोच त्याग्न उनले सुझाव दिएका छन्। राजनीतिलाई पेशा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार तयार गर्न र दीर्घकालीन रूपमा आत्मनिर्भर बन्दै प्रेरणाको स्रोत बन्न पनि उनले आग्रह गरेका छन्।

अन्तरक्रियामा सहभागी जेन्जी उमेर समूहका सांसदहरुले प्रधानमन्त्रीको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन तथा स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

146A9876.jpg scaled https://bajarkochirfar.com/pm-shah-urges-gen-z-mps-to-create-jobs-and-opportunities-for-their-own-generation-at-home | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स