कालिञ्चोक हाइड्रोपावरको ४१ हजार बढी कित्ता सेयरको लक–इन सकिँदै

कालिञ्चोक हाइड्रोपावरको ४१ हजार बढी कित्ता सेयरको लक–इन सकिँदै
Advertisement Ads

कालिञ्चोक हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४१ हजार २५० कित्ता सेयरको लक–इन अवधि समाप्त हुने भएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सार्वजनिक निष्काशनमार्फत जारी साधारण सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो।

सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम कम्पनीले सार्वजनिक निष्काशनका क्रममा कुल सेयरको ५ प्रतिशत अर्थात् रु. ४१ लाख २५ हजार बराबरको ४१ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो।

उक्त सेयर २०८३ वैशाख ७ गते सर्वसाधारणमा बाँडफाँड गरिएको थियो। बाँडफाँड भएको मितिदेखि ६ महिनाका लागि लक–इनमा राखिएको उक्त सेयरको लक–इन अवधि २०८३ कात्तिक ६ गते समाप्त हुने कम्पनीले जनाएको छ।

Screenshot 18 9 2026 14125 www.nepalstock.com 1 https://bajarkochirfar.com/lock-in-of-over-41000-shares-of-kalinchowk-hydropower-ends | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स