नेशनल लघुवित्तका ७ संस्थापक सेयरधनीले सेयर बेच्दै, सर्वसाधारणले पनि किन्न पाउने

नेशनल लघुवित्तका ७ संस्थापक सेयरधनीले सेयर बेच्दै, सर्वसाधारणले पनि किन्न पाउने
Advertisement Ads

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका ७ जना संस्थापक सेयरधनीले ४६ हजार ५३४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्।

संस्थाले असोज २ गते दोस्रोपटक सार्वजनिक सूचना जारी गर्दै उक्त संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको हो। यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिने सूचना प्रकाशित गरिए पनि तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै आवेदन नपरेपछि अन्य इच्छुक व्यक्तिका लागि पुनः सूचना जारी गरिएको संस्थाले जनाएको छ।

बिक्रीमा राखिएको सेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका–१०, काभ्रेपलाञ्चोकमा आवेदन पेस गर्नुपर्नेछ।

बिक्रीमा राखिएको सेयरमध्ये श्याम बहादुर गुरुङको १२ हजार कित्ता, गोपाल खरेलको ८ हजार कित्ता, गोपाल खरेलको अर्को विवरणअन्तर्गत ५ हजार कित्ता, राजु बस्नेतको १ हजार १६३ कित्ता, गोमादेवी चुडालको ५ हजार कित्ता, टिका श्रेष्ठको १० हजार २२३ कित्ता र अरुण खेतानको ५ हजार १४८ कित्ता रहेको छ।

Screenshot 18 9 2026 15574 https://bajarkochirfar.com/7-founding-shareholders-of-national-microfinance-are-selling-shares-allowing-the-general-public-to-buy-them | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स