विदेश जानुपर्ने बाध्यता घटाउने सरकारको अभियान, असोज १४ गतेदेखि इटहरीमा रोजगार मेला

विदेश जानुपर्ने बाध्यता घटाउने सरकारको अभियान, असोज १४ गतेदेखि इटहरीमा रोजगार मेला
Advertisement Ads

सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्ने नीतिअनुसार स्वदेशमै रोजगारीका अवसर विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ। आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘रोजगार प्रवर्द्धन दशक (२०८३–२०९२)’लाई कार्यान्वयन गर्न सरकारले विभिन्न कार्यक्रम अघि बढाएको हो।

युवा जनशक्तिको ऊर्जा, सीप र क्षमतालाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्ने लक्ष्यअनुसार युवा, श्रम तथा रोजगार मन्त्रालयले असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा सात दिने सीप तथा रोजगार मेला आयोजना गर्दैछ।

यस्तो अभियानलाई देशभर विस्तार गर्ने उद्देश्यले मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरी कार्य अघि बढाइसकेको छ। मेलाको समग्र व्यवस्थापनका लागि श्रम मन्त्रीको संयोजकत्वमा निर्देशन तथा समन्वय समिति गठन गरिएको छ। प्रदेश सरकार, स्थानीय तह र जिल्ला प्रशासनसँगको सहकार्यमा मेला सञ्चालनको तयारी भइरहेको छ।

मेलामा निजी क्षेत्र, उद्योग–प्रतिष्ठान, तालिम प्रदायक संस्था, विकास साझेदार तथा सामाजिक सुरक्षा कोषलगायतका स्टल रहनेछन्। मेलामार्फत रोजगारदाताको वास्तविक जनशक्ति माग पहिचान गरी रोजगार खोजकर्तालाई उनीहरूको योग्यता, सीप र रुचिअनुसार रोजगारीसँग जोड्ने लक्ष्य राखिएको छ।

त्यस्तै, मेलामा सीप परीक्षण, तालिम, करियर परामर्श तथा उद्यमशीलतासम्बन्धी सेवासँग रोजगार खोजकर्तालाई जोडिनेछ। सरकारले नीति तथा कार्यक्रममा तय गरेको लक्ष्यअनुसार स्वदेशमै रोजगारीका अवसर अभिवृद्धि गर्ने प्रयासलाई यस अभियानमार्फत थप ठोस रूपमा अघि बढाउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स