पाँच वटा निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?

पाँच वटा निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?
Advertisement Ads

सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज सार्वजनिक गरेको सूचनाअनुसार सम्बन्धित निकायबाट प्राप्त पत्रका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई कालोसूचीमा राखिएको हो।

कालोसूचीमा राख्ने निर्णय सूचना प्रकाशित भएको मितिदेखि लागू हुने कार्यालयले जनाएको छ। कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले दुई वर्षभर सार्वजनिक निकायबाट सञ्चालन हुने कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

कार्यालयले कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्तालाई तोकिएको अवधिमा सार्वजनिक खरिद प्रक्रियामा सहभागी नहुनसमेत सूचित गरेको छ।

daa https://bajarkochirfar.com/if-five-construction-companies-are-blacklisted-for-how-long-will-they-not-be-allowed-to-do-what | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स