कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ तिर्नुपर्ने, अन्य पदको उम्मेदवारी शुल्क कति ?

कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ तिर्नुपर्ने, अन्य पदको उम्मेदवारी शुल्क कति ?
Advertisement Ads

नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार जारी गरेको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका, २०८३’ मा वडा सदस्यदेखि केन्द्रीय कार्यसमिति सभापतिसम्मका उम्मेदवारका लागि शुल्क र आवश्यक प्रस्तावक–समर्थकको व्यवस्था गरिएको छ।

सभापतिमा उम्मेदवारी दिन महाधिवेशन प्रतिनिधिबाट १० जना प्रस्तावक र १० जना समर्थक आवश्यक पर्नेछ। उपसभापति र महामन्त्रीका लागि ७ जना प्रस्तावक र ७ जना समर्थक, सहमहामन्त्रीका लागि ५ जना प्रस्तावक र ५ जना समर्थक तथा केन्द्रीय सदस्यका लागि ३ जना प्रस्तावक र ३ जना समर्थक आवश्यक पर्ने व्यवस्था छ।

उम्मेदवारी शुल्कतर्फ सभापतिका लागि ४० हजार, उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ तोकिएको छ।

प्रदेश तहमा सभापतिका लागि २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार तथा प्रदेश सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ।

यस्तै, वडा सभापतिका लागि १ हजार रुपैयाँ, वडा उपसभापति, सचिव र सहसचिवका लागि ७ सय रुपैयाँ तथा वडा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि ५ सय रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।

केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको निर्वाचन निर्देशिकालाई सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्वीकृत गरिसकेको छ।

811203358 2125503654845811 8722554292119910982 n https://bajarkochirfar.com/to-become-a-candidate-for-the-congress-president-you-have-to-pay-40000-what-is-the-candidacy-fee-for-other-positions | %tags 811266909 1092221426629227 7209869839671784214 n https://bajarkochirfar.com/to-become-a-candidate-for-the-congress-president-you-have-to-pay-40000-what-is-the-candidacy-fee-for-other-positions | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स