लाभांश र हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न नेपाल ल्युब आयलले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश र हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न नेपाल ल्युब आयलले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
Advertisement Ads

नेपाल ल्युब आयल लिमिटेडले ३५औँ वार्षिक साधारण सभा असोज १९ गते आयोजना गर्ने भएको छ। कम्पनीको ३९१औँ सञ्चालक समितिको बैठकले सोमबार बिहान ११ः३० बजे ललितपुरको पुल्चोकस्थित द प्लाजामा साधारण सभा गर्ने निर्णय गरेको हो।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ५ गतेदेखि असोज १९ गतेसम्म सेयर दाखिल खारेज बन्द अर्थात् बुक क्लोज गर्ने भएको छ।

सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, २०८३ असार मसान्तको वासलात, आय विवरण तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। NLOL Energy Ltd. र NLOL Synergy Ltd. सहितको एकीकृत वित्तीय विवरण पनि सभाबाट पारित गर्ने प्रस्ताव छ।

आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षकमा पि. प्रमास एण्ड एसोसिएट्सलाई ३ लाख रुपैयाँ पारिश्रमिकसहित नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। त्यस्तै, सञ्चालक समितिको पुनर्गठन तथा अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र कार्यकारी सञ्चालकको पारिश्रमिक तथा सुविधासम्बन्धी निर्णय अनुमोदन गर्ने प्रस्ताव रहेको छ।

विशेष प्रस्तावअन्तर्गत कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ६.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार कुल २१.०५२६४ प्रतिशत लाभांश वितरण हुनेछ। प्रस्तावित नगद लाभांश रकम ५२ लाख ९२ हजार १३८ रुपैयाँ ८६ पैसा रहेको छ।

प्रस्तावित बोनस सेयर आर्थिक वर्ष २०८२/८३ अर्थात् २०८३ असार मसान्तसम्म कायम चुक्ता पुँजीका आधारमा प्रदान गरिनेछ। नगद लाभांश दुवै लाभांशको कर कट्टी प्रयोजनका लागि उपयोग गरेपछि बाँकी रकम वितरण गरिने कम्पनीले जनाएको छ।

यस्तै, कम्पनीले यसअघि १ः२ हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा पेश गरेको निवेदनमा उल्लेखित १४ लाख ५७ हजार २५३.६० कित्ता सेयरमा मात्र हकप्रद निष्काशन लागू हुने प्रस्ताव गरेको छ।

आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को साधारण सभाबाट स्वीकृत तथा वितरण गरिएका थप बोनस सेयरलाई समेत उक्त १४ लाख ५७ हजार २५३.६० कित्ताभित्र सीमित गरी दामासाहीका आधारमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव सभामा पेश हुनेछ।

Screenshot 15 9 2026 124011 www.nepalstock.com https://bajarkochirfar.com/nepal-lube-oil-calls-general-meeting-to-pass-proposal-to-issue-dividends-and-rights-shares-when-will-the-book-close | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स