भारतले नेपाललाई दैनिक ६५४ मेगावाटसम्म विद्युत् दिने

भारतले नेपाललाई दैनिक ६५४ मेगावाटसम्म विद्युत् दिने
Representative Image
Advertisement Ads

भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाटसम्म विद्युत् उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सेप्टेम्बर १३ देखि डिसेम्बर ३१ सम्म नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् उपलब्ध गराउने निर्णय भएको जनाएको हो।

निर्णयअनुसार राति १२ बजेदेखि साँझ ६ बजेसम्म नेपालले भारतबाट विद्युत् आयात गर्न सक्नेछ। मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ५४ मेगावाट विद्युत् उपलब्ध गराइनेछ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा क्षति पुगेपछि उत्पन्न कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न भारतले उक्त निर्णय गरेको हो। भारतले ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको जनाएको छ।

सन् २०२७ जनवरीदेखि हुने विद्युत् निर्यातका विषयमा भने सन् २०२६ डिसेम्बरमा पुनः समीक्षा गरिने भारतीय ऊर्जा मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स