सुस्ताएको घरजग्गा बजारमा सुधार, कारोबार ४.७४ प्रतिशतले बढ्यो

सुस्ताएको घरजग्गा बजारमा सुधार, कारोबार ४.७४ प्रतिशतले बढ्यो
Advertisement Ads

सुस्ताएको घरजग्गा बजारमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँबराबरको घरजग्गा कारोबार भएको छ।

गत आर्थिक वर्ष घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ। आर्थिक वर्षको चौथो त्रैमासमा मात्रै कारोबार संख्या १२.२५ प्रतिशतले बढेको छ।

सो अवधिमा कारोबार भएको कुल क्षेत्रफल १५.४१ प्रतिशतले बढेको छ। चौथो त्रैमासमा मात्रै २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँबराबरको कारोबार भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ थियो।

कारोबार बढेसँगै घरजग्गाबाट संकलित राजस्व ४८.२६ प्रतिशत र पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ। घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा पनि ६.९३ प्रतिशतले वृद्धि भएको छ।

प्रदेशगत रूपमा चौथो त्रैमासमा बागमती प्रदेशमा घरजग्गा कारोबारमा सबैभन्दा उल्लेख्य वृद्धि देखिएको छ। महानगरपालिकातर्फ काठमाडौंमा कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ भने ललितपुरमा १३६.९२ प्रतिशत र पोखरामा १०८.३९ प्रतिशतले वृद्धि भएको छ।

जग्गाको आकारअनुसार सातवटै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटको कारोबार सबैभन्दा धेरै भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स