नेको इन्स्योरेन्सले भोलि फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार कम्पनीले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ ।
उक्त हकप्रद सेयरको लागि कम्पनीले माघ १८ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, माघ १७ गते कायम रहेका सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउनेछन् । हकप्रद सेयरमा फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हकप्रद सेयर बिक्रिका लागि कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।सेयरधनीले बिक्री प्रबन्धक सानिमा क्यापिटल नक्साल काठमाडौं र नेको इन्स्योरेन्सको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।









![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)
![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)


![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)






प्रतिकृया