लाभांश पारित गर्न दुई कम्पनीको वार्षिक साधारणसभा आज बस्दैछ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा आज फाल्गुन ११ गते बस्न लागेको हो।
एशियन लाइफको १८औं वार्षिक साधारणसभा बारास्थित होटल क्लासिक सिमरामा दिउँसो १ बजेदेखि सुरु हुनेछ, जसले ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै, अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, एनएफआरएस बमोजिम तयार गरिएको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिहरू पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, बोनस सेयर वितरणपश्चात जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र आवश्यक संशोधनका लागि प्रबन्धपत्र तथा नियमावलीमा परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ २९ गते एक दिन बुक क्लोज गरिसकेको छ, जसअनुसार माघ २८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य छन्।
त्यस्तै, नेको इन्स्योरेन्सको ३०औं वार्षिक साधारणसभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर (१०० कित्तामा ३ कित्ता) र १२.७८९४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू अनुमोदन गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, बोनस सेयरपछि जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र नियामक निकायको निर्देशनअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ। कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गरिसकेको छ र माघ २४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन्।












![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)



![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया