एशियन लाइफ इन्स्योरेन्स कम्पनीको अठारौं वार्षिक साधारण सभा आज बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा सम्पन्न भएको छ। सभामा सञ्चालक समितिका अध्यक्ष दीपक कुमार श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेका थिए, जुन सर्वसम्मतले अनुमोदन गरिएको छ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको संचित नाफाबाट कम्पनीको चुक्ता पूँजीको १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसमा चुक्ता पूँजीको ५ प्रतिशतको बोनश सेयर (२५ करोड ५७ हजार ९६०.३५ रुपैयाँ) र ५.५२६३ प्रतिशतको नगद लाभांश (२७ करोड ६३ लाख ७९ हजार ८५०.९१ रुपैयाँ, करसहित) वितरण हुनेछन्।
त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ (एनएफआरएस बमोजिम) असार मसान्तसम्मको वासलात, नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुुसूचिहरू माथि छलफल गरी पारित गरिएको छ।
साधारण सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि पारित गरेको छ।
अन्ततः, साधारण सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सम्बन्धित निकायबाट प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया