नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ २२ गते अन्तिम दिन रहेको छ। कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि समेत १२.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार कम्पनीले कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने योजना बनाएको हो।
उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ। कम्पनीले फागुन ११ गते वार्षिक साधारणसभा आह्वान गरेको छ।













![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)


![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया