नेको इन्स्योरेन्स लिमिटेडले ३०औं वार्षिक साधारणसभा (एजीएम) फागुन ११ गते आयोजना गर्ने भएको छ। कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाबबाट चुक्ता पूँजीको १२.७८९४ प्रतिशत नगद लाभांश (कर सहित) र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बोनस सेयर १०० कित्ता बराबर ३ कित्ताका दरले वितरण गरिनेछ।
त्यसैगरी, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित सम्पूर्ण वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ। साथै, कम्पनी ऐनको दफा १११ बमोजिम चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सोही सभाले पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २५ गते एक दिनका लागि सेयर दाखिल–खारेज बन्द (बुक क्लोज) गर्ने जनाएको छ। बुक क्लोजको आधारमा माघ २४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनी मात्र साधारणसभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन्।















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया