नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा ४३ प्रतिशत, कस्ता छन् अन्य सूचक ?
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५२ लाख १३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । बैंकले गतवर्षको पुस मसान्तसम्म ६ करोड ३८ लाख रुपैयाँ नोक्सानी थियो ।
इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नोक्सानी कम भएको हो । यस बैंकले ३ करोड १० लाख रुपैयाँ उक्त चार्ज रिभर्स गरेको छ । बैंकको खराब कर्जा भने १५.९४ प्रतिशतले बढेर ४३.६९ प्रतिशत पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी नै ऋणात्मक छ । बैंकको खुद ब्याज आम्दानी २३ लाख ६६ हजार रुपैयाँ ऋणात्मक छ । चुक्ता पुँजी २६ करोड २४ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २० करोड रुपैयाँ जम्मा रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १.९९ रुपैयाँ नोक्सानीमा छ । यस्तै, प्रतिसेयर नेटवर्थ २०.९३ रुपैयाँ रहेको छ ।