भोटेकोशी नदीमा आएको भीषण बाढीपछि भन्सार विभागले प्रभावित क्षेत्रमा कार्यरत कर्मचारी, व्यवसायी, मालवाहक सवारीका चालक तथा सहचालक र उनीहरूका परिवारका लागि उद्धार, सूचना आदान–प्रदान तथा व्यापार सहजीकरणका लागि छुट्टाछुट्टै सम्पर्क नम्बर सार्वजनिक गरेको छ।
विभागले भदौ १० गते जारी गरेको सूचनामा रसुवा, नुवाकोटलगायत प्रभावित जिल्लाका सर्वसाधारण, भन्सार कर्मचारी तथा परिवारजन, व्यवसायी, मालवाहक सवारीका चालक–सहचालक तथा व्यापारिक मालवस्तु, ढुवानी तथा सवारीसाधन र अन्य भौतिक संरचनामा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेको छ।
भन्सार कर्मचारीका लागि छुट्टै सम्पर्क
प्रभावित क्षेत्रमा कार्यरत सम्पर्कविहीन वा घाइते भन्सार कर्मचारी तथा उनीहरूका परिवारजनलाई आफ्नो अवस्था जानकारी गराउन र उद्धार तथा आवश्यक सहयोगका लागि निम्न नम्बरमा सम्पर्क गर्न विभागले आग्रह गरेको छ।
कुमार घिमिरे, शाखा अधिकृत : ९८४१३६५९४८
भरतमणि सापकोटा, शाखा अधिकृत : ९८४९६४५०३०
शिवराज बोहरा, शाखा अधिकृत : ९८४९९३२२०२
व्यवसायी, चालक र सहचालकका लागि सम्पर्क
भन्सार नाकातर्फ आउने क्रममा बाटोमा सम्पर्कविहीन भएका व्यवसायी, मालवाहक सवारीका चालक तथा सहचालक वा उनीहरूका परिवारजनले अवस्थाबारे जानकारी गराउन तथा आवश्यक उद्धार र सहजीकरणका लागि सम्पर्क गर्न सक्नेछन्।
रमेश सुकमनी, शाखा अधिकृत : ९८५११९२०९८
युजिन चापागाई, शाखा अधिकृत : ९८४२१४१६६७
कोरला नाका प्रयोग गर्न आग्रह
रसुवागढी, तातोपानीलगायत नाका हुँदै नेपालतर्फ आउन लागेका मालवाहक सवारी, चालक तथा व्यवसायीलाई तत्कालका लागि सम्भव भएसम्म मुस्ताङस्थित कोरला नाका प्रयोग गर्न विभागले अनुरोध गरेको छ।
कोरला नाका प्रयोग, वैकल्पिक मार्ग, भन्सार प्रक्रिया तथा अन्य आवश्यक सहजीकरणसम्बन्धी जानकारीका लागि नवराज चौलागाई र प्रतिष्ठा कोइरालालाई सम्पर्क गर्न सकिनेछ।
नवराज चौलागाई, शाखा अधिकृत : ९८१३५६४९७४
प्रतिष्ठा कोइराला, शाखा अधिकृत : ९८४१०७१५३०
भन्सार विभागले विपद्को यस कठिन समयमा प्रभावित सबैको साथमा रहेको जनाएको छ।


प्रतिकृया