insta insta

भोटेकोशी बाढीपछि नेपालीसहित ६४४ यात्रु सम्पर्कविहीन, कुन देशको कति परे ?

भोटेकोशी बाढीपछि नेपालीसहित ६४४ यात्रु सम्पर्कविहीन, कुन देशको कति परे ?
Advertisement Ads

भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा रहेका ६४४ यात्रु सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण प्राप्त भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। सम्पर्कविहीनमध्ये १२७ जना नेपाली नागरिक रहेका छन्।

बुधबार बिहान करिब ८:३० बजे रसुवा, नुवाकोट, धादिङ र गोरखाका भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढीपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सरोकारवाला निकायले यात्रु तथा पर्यटकको अवस्था पहिचान गर्ने काम अघि बढाएका छन्।

ट्रेकिङ तथा ट्राभल कम्पनीहरूबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा ६४४ यात्रु प्रभावित क्षेत्रबाट सम्पर्कविहीन रहेको देखिएको हो। उक्त विवरणलाई सम्बन्धित ट्राभल एजेन्सी, गाइड, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँगको समन्वयमा पुनःजाँच र प्रमाणीकरण भइरहेको बोर्डले जनाएको छ।

घाइते तथा प्रभावित क्षेत्रमा फसेका व्यक्तिको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरणका लागि आवश्यक प्रयास भइरहेको छ।

बोर्डले भोटेकोशी र त्रिशूली नदी आसपासका चार जिल्लाका नदी किनार क्षेत्रमा गम्भीर क्षति पुगेको जनाएको छ। ती क्षेत्रबाहेक अन्य स्थान भने प्रभावित नभएको बोर्डको सूचनामा उल्लेख छ।

पर्यटक तथा यात्रुको आपतकालीन सहयोगका लागि टोल-फ्री नम्बर १२३४, हटलाइन ११४४ र पर्यटक प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिनेछ।

बोर्डले नजिकको प्रहरी वा सुरक्षा निकाय, स्थानीय प्रशासन, ट्राभल एजेन्सी, गाइड वा टुर अपरेटरसँग सम्पर्क गर्नसमेत आग्रह गरेको छ। साथै, सबैलाई शान्त रहन, आधिकारिक सूचनामा भर पर्न र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।

पर्यटकको सुरक्षा पहिलो प्राथमिकता रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

Screenshot 27 8 2026 123540 https://bajarkochirfar.com/644-passengers-including-nepalis-remain-uncontacted-after-the-bhotekoshi-flood-how-many-are-from-which-country | %tags Screenshot 27 8 2026 123547 https://bajarkochirfar.com/644-passengers-including-nepalis-remain-uncontacted-after-the-bhotekoshi-flood-how-many-are-from-which-country | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स