सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?
Advertisement Ads

सुपर मादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत अर्थात् ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो। बोनस सेयरको कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त गरी कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ। लाभांश पारित गर्न कम्पनीले असोज १ गते बिहीबार होटल इम्पेरियलमा १७औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ २३ गते बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार भदौ २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

Screenshot 25 8 2026 102918 www.nepalstock.com https://bajarkochirfar.com/super-madi-hydropower-announces-dividend-how-much-bonus-and-cash-is-being-given | %tags

Advertisement Ads

Screenshot 25 8 2026 103657 www.nepalstock.com https://bajarkochirfar.com/super-madi-hydropower-announces-dividend-how-much-bonus-and-cash-is-being-given | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स