सुपरमाई हाइड्रोपावर लिमिटेडको ४८ लाख २५ हजार ७०० कित्ता सेयरको ‘लकइन’ अवधि आउँदो फागुन ४ गते सकिने भएको छ।
कम्पनीले जारी गरेको सूचनामा संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीतर्फको कुल सेयर लकइन अवधि समाप्त हुने जानकारी दिइएको छ। हाल संस्थापकको ४२ लाख ८० हजार, आयोजना प्रभावित स्थानीयको ५ लाख ३५ हजार र कर्मचारीको १० हजार ७०० कित्ता सेयर लकइनमा रहेको छ।
उक्त सेयर सर्वसाधारणका लागि जारी गरिएको आईपीओ फागुन ५, २०७९ मा बाँडफाँड गरिएको थियो। नियमअनुसार आईपीओ बाँडफाँड भएको मितिबाट ती समूहका सेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।
















प्रतिकृया