सुपर मादी हाइड्रोपावरको करिब २ करोड कित्ता सेयरको लक–इन अवधि सकिँदै

सुपर मादी हाइड्रोपावरको करिब २ करोड कित्ता सेयरको लक–इन अवधि सकिँदै

सुपर मादी हाइड्रोपावर लिमिटेडको करिब २ करोड कित्ता सेयरको लक–इन अवधि आगामी माघ २१ गतेबाट समाप्त हुने भएको छ। कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार कुल १ करोड ९८ लाख ८९ हजार १०० कित्ता सेयरको लक–इन अवधि सो मितिबाट सकिन लागेको हो।

हाल लक–इनमा कम्पनीका संस्थापक समूहको १ करोड ८७ लाख ४२ हजार ५०० कित्ता सेयर रहेको छ भने कर्मचारीका लागि सुरक्षित गरिएको ४४ हजार १०० कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित गरिएको ११ लाख २ हजार ५०० कित्ता सेयर पनि लक–इनमा छन्। तर, सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको सेयर भने प्रचलित नियमअनुसार रोक्कामै रहने कम्पनीले जनाएको छ।

नियमानुसार कुनै पनि कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट भएको मितिले तीन वर्षसम्म संस्थापक समूह, कर्मचारी तथा स्थानीय बासिन्दालाई सुरक्षित गरिएका सेयर बिक्री गर्न नपाइने व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स