एग्री केयर नेपालले आईपिओ निष्काशनको तयारी थाल्यो, नेपाल लाइफ क्यापिटल बन्यो परामर्शदाता

एग्री केयर नेपालले आईपिओ निष्काशनको तयारी थाल्यो, नेपाल लाइफ क्यापिटल बन्यो परामर्शदाता
Advertisement Ads

कृषि क्षेत्रमा सक्रिय एग्री केयर नेपाल लिमिटेडले भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन (आईपीओ) जारी गर्ने तयारी अघि बढाएको छ। यसका लागि कम्पनीले नेपाल लाइफ क्यापिटल लिमिटेडसँग कर्पोरेट परामर्श सेवा सम्बन्धी सम्झौता गरेको हो।

शुक्रबार चितवनको भरतपुर–४ स्थित कम्पनीको कार्यालयमा आयोजित कार्यक्रममा एग्री केयर नेपालका अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौताअनुसार नेपाल लाइफ क्यापिटलले एग्री केयर नेपाललाई प्राथमिक सेयर निष्काशनसम्बन्धी परामर्श, पूँजी पुनर्संरचना, वित्तीय तथा कानुनी अवस्थाको अध्ययन, पूँजी संरचना तथा सम्भावित प्राथमिक सेयर निष्काशनको आकार निर्धारण र आवश्यक नियामकीय प्रक्रियामा परामर्श तथा समन्वय गर्नेछ।

सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले बिरुवा पोषण, मलखाद, बाली संरक्षण, माटो सुधारक तथा जैविक कृषि सामग्री लगायतका कृषि सामग्रीमार्फत सेवा दिँदै आएको छ।

कम्पनीले संस्थागत विकाससँगै पूँजी बजारमा प्रवेश गरी आगामी दिनमा सर्वसाधारणलाई समेत कम्पनीको विकास यात्रामा सहभागी गराउने लक्ष्य लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स