भोलिदेखि भाटभटेनी भक्तपुर स्टोर चौबीसै घण्टा खुल्ने

भोलिदेखि भाटभटेनी भक्तपुर स्टोर चौबीसै घण्टा खुल्ने
Advertisement Ads

भाटभटेनीको भक्तपुर स्टोर भोलि भदौ १ गतेदेखि चौबीसै घण्टा सञ्चालनमा आउने भएको छ। भाटभटेनीले अन्तर्राष्ट्रिय मोडलअनुसार स्टोरहरू २४ घण्टा सञ्चालन गर्ने योजनाअन्तर्गत भक्तपुरबाट पाइलट प्रोजेक्ट सुरु गर्न लागेको हो।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङका अनुसार बुधबार रातिदेखि गरिएको परीक्षण सफल भएपछि २४ घण्टा सञ्चालन गर्ने निर्णय गरिएको हो।

हाल भक्तपुर स्टोर बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म खुल्दै आएको छ। रातिको समयमा सामान मिलाउने, कमी भएका सामान थप्ने लगायत व्यवस्थापकीय काम सकेर ग्राहकलाई सहज सेवा दिने योजना कम्पनीको छ।

राति काम गर्ने कर्मचारीलाई नियमित तलबभन्दा २५ प्रतिशत बढी रकम दिइनेछ भने चिया–खाजाको समेत व्यवस्था गरिएको छ।

भक्तपुरको परीक्षण सफल भए अन्य स्टोरमा पनि २४ घण्टे सेवा विस्तार गर्ने भाटभटेनीको लक्ष्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स