नेप्सेलाई चाहियो सुरक्षागार्ड सप्लाई गर्ने कम्पनी

नेप्सेलाई चाहियो सुरक्षागार्ड सप्लाई गर्ने कम्पनी
Advertisement Ads

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आफ्नो युएनआई शान्तिमार्ग, भद्रकालीस्थित भवन तथा सम्पत्तिको सुरक्षाका लागि सुरक्षागार्ड आपूर्ति गर्न राष्ट्रियस्तरको विद्युतीय बोलपत्र आह्वान गरेको छ।

नेप्सेले नेपाल सरकारको सम्बन्धित निकायबाट इजाजत प्राप्त गरी सामाजिक सुरक्षा कोषमा सूचीकृत तथा अद्यावधिक भएका सेवा प्रदायक संस्था, फर्म वा कम्पनीबाट सुरक्षागार्ड आपूर्ति सेवा खरिद गर्न बोलपत्र माग गरेको हो।

इच्छुक बोलपत्रदाताले सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सञ्चालित विद्युतीय खरिद प्रणाली www.bolpatra.gov.np बाट बोलपत्रसम्बन्धी कागजात डाउनलोड गर्नुपर्नेछ।

बोलपत्र २०८३ भदौ १८ गते दिउँसो १२ बजेसम्म विद्युतीय खरिद प्रणालीमार्फत पेश गर्नुपर्नेछ। सोही दिन दिउँसो १ बजे नेप्से कार्यालयमा बोलपत्रदाता वा निजका प्रतिनिधिको उपस्थितिमा बोलपत्र खोलिनेछ।

बोलपत्रसँगै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त वाणिज्य बैंक वा वित्तीय संस्थाले जारी गरेको कम्तीमा रु. २ लाखको बोलपत्र जमानत पेश गर्नुपर्नेछ। उक्त जमानत बोलपत्र खोलिएको मितिबाट कम्तीमा १२० दिनसम्म मान्य हुनुपर्नेछ।

नगद जमानत जम्मा गर्न चाहने बोलपत्रदाताले ग्लोबल आइएमइ बैंक लिमिटेड, कमलादीमा रहेको नेप्सेको Operating Account नं. 07501010000775 मा रकम जम्मा गरी बैंक भौचर पेश गर्नुपर्नेछ।

बोलपत्रसम्बन्धी थप जानकारीका लागि कार्यालय समयमा नेप्सेको ०१-५३५०७५५ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

download https://bajarkochirfar.com/nepse-needs-a-company-to-supply-security-guards | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स