दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १६ गते
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?

दुई हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। माउन्टेन इनर्जीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली एकदिनका लागि बुकक्लोज गर्नेछ भने सुपर मादी हाइड्रोपावरले भोलीदेखि पुस ४ गतेसम्म बुकक्लोज अवधि रहने जनाएको छ। यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरूले दुवै कम्पनीको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

सुपर मादी हाइड्रोपावरले पुस ४ गते, शुक्रबार, बिहान ११ बजे होटल इम्पेरियलमा १६औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीमा ५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.२६४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, माउन्टेन इनर्जीले मंसिर २९ गते साधारण सभा बोलाएको छ, जहाँ हाल कायम चुक्ता पूँजीमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स