मुहान हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। आईपीओ निष्काशनसहितका विभिन्न प्रस्ताव पारित गर्न कम्पनीले भदौ २० गते वार्षिक साधारण सभा बोलाएको छ।
साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो। सभाले सर्वसाधारणका लागि आईपीओ निष्काशन प्रस्ताव पारित गरी त्यससम्बन्धी आवश्यक सम्पूर्ण काम अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
त्यस्तै, अन्य परियोजनामा कम्पनीले गरेको स्वपूँजी लगानी अनुमोदन गर्ने तथा थप स्वपूँजी लगानीका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभामा पेस हुनेछ।
कम्पनीले अन्य कुनै जलविद्युत कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेतसमेत गरेको छ। यससम्बन्धी आवश्यक काम अघि बढाउन सञ्चालक समितिलाई जिम्मेवारी दिने प्रस्ताव रहेको छ।
सभाले सञ्चालक समिति चयन तथा उनीहरूको सेवा–सुविधा निर्धारण गर्नेछ। साथै, आर्थिक वर्ष ०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने र चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
प्रतिकृया