धनुषा डिष्टिलरी लिमिटेडले आफ्नो कुल पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। आईपीओ प्रक्रिया अघि बढाउन कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
धनुषा डिष्टिलरीका अध्यक्ष किसन कुमार धनावत र मुक्तिनाथ क्यापिटलका सीईओ कबिन्द्र ध्वज जोशीले सम्झौतामा हस्ताक्षर गरेका छन्।
सन् १९९८ मा स्थापना भएको कम्पनीले हाल ‘मुस्ताङ गोल्ड ह्विस्की’ र ‘मुस्ताङ भोड्का’ उत्पादन गर्दै आएको छ। कम्पनीको वार्षिक उत्पादन क्षमता ९१ लाख ८० हजार लिटर रहेको छ। कम्पनीले नयाँ उत्पादन थप्दै व्यवसाय विस्तार गर्ने योजना बनाएको छ।
















![बाढीले कुन क्षेत्रको Hydropower मा धेरै क्षति पुर्याउने सम्भावना छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/pDpqzAC-erY-maxresdefault-150x150.jpg)



प्रतिकृया