एपोलो हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४७ हजार कित्ता साधारण सेयरको लक–इन अवधि समाप्त हुने भएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डको स्वीकृतिअनुसार सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरमध्ये ५ प्रतिशत अर्थात् ४७ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँड गरेको थियो।
कम्पनीको सर्वसाधारणतर्फको सेयर २०८३ वैशाख ११ गते बाँडफाँड भएको थियो। सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर सर्वसाधारणलाई सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लक–इनमा राख्नुपर्ने व्यवस्था रहेकाले उक्त ४७ हजार कित्ता सेयरको लक–इन अवधि २०८३ कात्तिक १० गतेपछि समाप्त हुने कम्पनीले जनाएको छ।


प्रतिकृया