नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज जेठ २५ गते सोमबार एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल ४७ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल (APHL) रहेको छ।
नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई न्यूनतम १०० रुपैयाँ रुपैयाँ र अधिकतम ३०० रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा जेठ २६ गते मंगलबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।



प्रतिकृया