झापा इनर्जीको १० मेगावाट सौर्य आयोजनाबाट पुनः पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु

झापा इनर्जीको १० मेगावाट सौर्य आयोजनाबाट पुनः पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु
Advertisement Ads

झापा इनर्जी लिमिटेडले आफ्नो १० मेगावाट क्षमताको सौर्य विद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन पुनः सुरु गरेको छ। आयोजनामा जडित एक इन्भर्टरमा आगलागी भएपछि ५ मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको थियो।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पठाएको पत्रमार्फत मर्मतसम्भारको काम सम्पन्न गरी आयोजनाबाट पुनः पूर्ण १० मेगावाट क्षमतामा विद्युत उत्पादन सुरु गरिएको जानकारी दिएको हो।

झापाको शिवसताक्षी–४ मा निर्माण गरी सञ्चालनमा रहेको ग्रिडमा आबद्ध सौर्य विद्युत आयोजनामा ५–५ मेगावाट क्षमताका दुईवटा इन्भर्टर जडान गरिएका छन्।

तीमध्ये एउटा इन्भर्टरमा २०८३ जेठ १८ गते दिउँसो करिब १:४२ बजे आगलागी भएको थियो। आगलागीपछि सो इन्भर्टरबाट हुने ५ मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको थियो।

Screenshot 11 8 2026 114048 www.nepalstock.com https://bajarkochirfar.com/jhapa-energys-10-mw-solar-project-resumes-full-power-generation | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स