नेपाल धितोपत्र बोर्ड (SEBON) ले दुईवटा बन्दमुखी सामूहिक लगानी योजनालाई विवरण पुस्तिका प्रकाशनका लागि स्वीकृति दिएको छ। बोर्डले मुक्तिनाथ म्युचुअल फण्ड २ र एनआईसी एशिया इक्वीटी अपोर्चुनिटि फण्डलाई भदौ १० गते स्वीकृति दिएको हो।
बोर्डको स्वीकृतिअनुसार मुक्तिनाथ म्युचुअल फण्ड २ ले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गर्नेछ। यो योजना बन्दमुखी प्रकृतिको हुनेछ र यसको अवधि १० वर्ष रहनेछ। योजनाको निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
त्यस्तै, एनआईसी एशिया इक्वीटी अपोर्चुनिटि फण्डले प्रतिइकाई १० रुपैयाँका दरले ८ करोड इकाई निष्काशन गर्नेछ। यो योजना पनि बन्दमुखी हुनेछ भने यसको अवधि १० वर्ष तोकिएको छ।
एनआईसी एशिया इक्वीटी अपोर्चुनिटि फण्डको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
दुवै योजनालाई विवरण पुस्तिका प्रकाशनका लागि बोर्डले २०८३/०५/१० मा स्वीकृति प्रदान गरेको हो।


प्रतिकृया