शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले योग्य चार्टर्ड एकाउन्टेन्ट (CA), एसिसिए (ACCA) तथा सेमी–क्वालिफाइड CA हरूलाई आवेदनका लागि आह्वान गरेको छ। बैंकले अधिकतम सिनियर अफिसर (SO) तहसम्मको पदका लागि, अधिकतम ३५ वर्ष उमेर नाघेका नभएका उम्मेदवारहरूबाट केही पदहरू पूर्तिका लागि दरखास्त माग गरेको हो।
बुटवलस्थित केन्द्रीय कार्यालयका लागि स्ट्राटेजी, फाइनान्स, क्रेडिट रिस्क, अपरेशन्स रिस्क, इन्टरनल अडिट, कार्पोरेट क्रेडिट र क्रेडिट प्रोसेसिङ विभागमा तथा काठमाडौंस्थित कार्पोरेट कार्यालयका लागि SME क्रेडिट र रिटेल क्रेडिट विभागमा कर्मचारी आवश्यकता रहेको बैंकले जनाएको छ। इच्छुक उम्मेदवारले आगामी भाद्र ४ (२० अगस्ट २०२५) को साँझ ५ बजेभित्र बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन्।


प्रतिकृया