insta insta

कामना सेवा विकास बैंकमा जागिर खुल्यो, सोर्सफोर्स लगाउन खोजे स्वत: ‘डिस्क्वालिफाइड’ हुने

कामना सेवा विकास बैंकमा जागिर खुल्यो, सोर्सफोर्स लगाउन खोजे स्वत: ‘डिस्क्वालिफाइड’ हुने
Advertisement Ads

कामना सेवा विकास बैंक लिमिटेडले मार्केटिङ क्षेत्रमा करियर सुरु गर्न चाहने युवाहरूका लागि अवसर खुलाएको छ। बैंकले काठमाडौं, विराटनगर, पोखरा, बुटवल, चितवन, बर्दिबास र नेपालगञ्जका क्षेत्रीय कार्यालयका लागि अधिकतम सुपरभाइजर तहसम्मका ऊर्जाशील र नतिजामुखी कर्मचारी माग गरेको हो। व्यवस्थापनमा स्नातक तह उत्तीर्ण गरेको र मार्केटिङमा विशेषज्ञता तथा २–३ वर्षको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

उमेर सीमा आवेदन म्याद सकिने मितिसम्म ३० वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक उम्मेदवारहरूले २०८२ भदौ १ गते (१७ अगस्ट २०२५) भित्र बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन्। केवल छानिएका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्ताका लागि बोलाइनेछ। छनोट प्रक्रियामा कुनै किसिमको सिफारिस वा दबाबले अयोग्य ठहर गरिनेछ भने बैंकले कुनै पनि वा सबै आवेदन रद्द गर्ने अधिकार आफूमा सुरक्षित राखेको स्पष्ट पारेको छ।

526645493 739105852205894 9047479805949901847 n https://bajarkochirfar.com/job-opening-at-kamana-sewa-bikas-bank-if-you-try-to-apply-for-a-job-you-will-be-automatically-disqualified | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स