कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरणमा सीआईबीको अनुसन्धान सुरु

कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरणमा सीआईबीको अनुसन्धान सुरु
AdvertisementAds

कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ। बैंकको एक अर्ब रूपैयाँभन्दा बढी निक्षेप हिनामिना भएको प्रकरण सार्वजनिक भएपछि सीआईबीले अनुसन्धान थाल्नुअघि नेपाल राष्ट्र बैंकले छानबिनका लागि जाहेरी दिएको थियो।

राष्ट्र बैंकको रिपोर्टले निक्षेप हिनामिना भएको देखाएको छ। यस आधारमा सीआईबीले बैंकका अध्यक्ष राजेन्द्रवीर राय र प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहलाई केन्द्रमा राखेर अनुसन्धान सुरु गरेको हो।

गत पुस १० गते, नेपाल राष्ट्र बैंकले कर्णाली बैंकलाई समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापनको जिम्मा लिएको थियो। अहिले बैंकमा व्यवस्थापन समूहको नेतृत्व उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय टोलीले सम्हालिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

(KRBL)

कम्पनी सम्बन्धी अन्य समाचार

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स