कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष राजेन्द्र वीर रायलाई सात दिनको म्याद थप गरी अनुसन्धान गर्न जिल्ला अदालत बाँकेले अनुमति दिएको छ।
जेठ १७ गते भारतबाट पक्राउ गरी नेपाल ल्याइएका रायमाथि बैंकको करिब दुई अर्ब ६० करोड रुपैयाँ हिनामिनामा संलग्न भएको आरोप लागेको छ। प्रहरीले उनीविरुद्ध ठोस प्रमाण प्राप्त भएको दाबी गर्दै विस्तृत अनुसन्धान अगाडि बढाएको छ।
अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का डीएसपी दानबहादुर थापाको नेतृत्वमा टोलीलाई बाँके पठाइएको छ। अनुसन्धान प्रक्रिया सम्पन्न भएपछि बाँके जिल्ला अदालतमा रायविरुद्ध मुद्दा दायर गरिने जनाइएको छ।















प्रतिकृया