कर्णाली डेभलपमेन्ट बैंक घोटाला: बैंकका पूर्वअध्यक्ष रायलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गरिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १९ गते
कर्णाली डेभलपमेन्ट बैंक घोटाला: बैंकका पूर्वअध्यक्ष रायलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गरिने
AdvertisementAds

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष राजेन्द्र वीर रायलाई सात दिनको म्याद थप गरी अनुसन्धान गर्न जिल्ला अदालत बाँकेले अनुमति दिएको छ।

जेठ १७ गते भारतबाट पक्राउ गरी नेपाल ल्याइएका रायमाथि बैंकको करिब दुई अर्ब ६० करोड रुपैयाँ हिनामिनामा संलग्न भएको आरोप लागेको छ। प्रहरीले उनीविरुद्ध ठोस प्रमाण प्राप्त भएको दाबी गर्दै विस्तृत अनुसन्धान अगाडि बढाएको छ।

अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का डीएसपी दानबहादुर थापाको नेतृत्वमा टोलीलाई बाँके पठाइएको छ। अनुसन्धान प्रक्रिया सम्पन्न भएपछि बाँके जिल्ला अदालतमा रायविरुद्ध मुद्दा दायर गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

(KRBL)

कम्पनी सम्बन्धी अन्य समाचार

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स