कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र र वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई भने दुई लाख धरौटीमा छाड्ने आदेश दिइएको छ। धरौटी नबुझाएका कारण उनलाई हालैका लागि थुनामा राखिएको बताइएको छ।
तीन अर्ब २० करोड रुपैयाँ हिनामिनासम्बन्धी मुद्दामा १०९ जना प्रतिवादी बनाइएकोमा १०३ जना अझै फरार छन्। अदालतले फरार प्रतिवादीहरूको हकमा म्याद तामेली गर्न आदेश दिएको छ।
सिआइबीको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो। राजेन्द्रवीर रायसँग २ अर्ब ६३ करोड, मिश्रसँग ८२ करोड ४६ लाख, ठकुरीसँग २४ करोड ६३ लाख र बस्नेतसँग १० करोड ८९ लाख रुपैयाँ बिगो र जरिवाना मागदाबी गरिएको छ।
न्यायाधीशद्वय चन्द्रबहादुर सारू र पुनमसिंह चन्दको इजलासले बुधबार आदेश सुनाएको हो।















प्रतिकृया