समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्तालाई फिर्ता गर्यो ४७ करोड १४ लाख रुपैयाँ

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २६ गते
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्तालाई फिर्ता गर्यो ४७ करोड १४ लाख रुपैयाँ
AdvertisementAds

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले हालसम्म बचतकर्तालाई ४७ करोड १४ लाख रुपैयाँ निक्षेप फिर्ता गरेको छ। नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहका अनुसार ऋण असुलीबाट प्राप्त रकमका आधारमा निक्षेप फिर्ता प्रक्रिया अघि बढिरहेको छ।

बैंकलाई २०८१ पुस १० गते समस्याग्रस्त घोषणा गरी राष्ट्र बैंकको नियन्त्रणमा लिइएको थियो। हाल बैंकमा करिब २ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह र ४१ प्रतिशत निष्क्रिय कर्जा रहेको छ भने ठूलो मात्रामा नगद अपचलन र वित्तीय अनियमितता देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

व्यवस्थापन समूहले दोषीमाथि कानुनी कारबाही अघि बढाइएको र सुधार प्रक्रिया अवरुद्ध हुने गतिविधिमा संलग्न नहुन बचतकर्ता तथा सरोकारवालासँग आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

(KRBL)

कम्पनी सम्बन्धी अन्य समाचार

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स