कर्णाली विकास बैंक घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १११ जनामाथि मुद्दा चलाउन सिफारिस गरेको छ। यस अन्तर्गत पूर्वअध्यक्ष दयाल मिश्र, संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, वित्त प्रमुखलगायत चारजना पक्राउ परिसकेका छन्।
राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतसहित अन्य कर्मचारीलाई पनि संलग्न देखाउँदै सीआईबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो। प्रतिवेदन अनुसार करिब सवा तीन अर्ब रुपैयाँको अपचलन भएको देखिएको छ।
नक्कली ब्यालेन्स सर्टिफिकेट, फोटोसप प्रयोग गरी विवरण फेरबदल, चेक क्लियरिङ र टेलरमार्फत नगद झिकिएको लगायत अपचलनका तरिका प्रयोग भएको खुलेको छ। रायलगायत केहीले ८० प्रतिशत संस्थापक सेयर राखी बैंक सञ्चालन गर्दै आएका थिए। राष्ट्र बैंकको अनुगमन टोलीले समेत त्रुटिपूर्ण रूपमा बैंकलाई सही ठहर गरेको भन्दै आलोचना भएको छ।
मुद्दा दर्ताको तयारीमा सरकारी वकिल कार्यालय रहेको छ। चारजना मृतक र केही कर्जा फिर्ता नगर्ने ऋणीहरू पनि प्रतिवादीमा पर्नसक्ने सीआईबीको भनाइ छ।















प्रतिकृया