साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ६० लाख २३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १६.५२ प्रतिशत कम हो। गत वर्ष यस अवधिमा कम्पनीले १ करोड ९१ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको आम्दानी २ अर्ब ९२ करोड रुपैयाँबाट घटेर २ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ। जुन २३.३९ प्रतिशत कम हो । आम्दानी घटेसंगै कम्पनीको नाफामा गिरावट आएको हो।
हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ३३ करोड रुपैयाँ सञ्चित छ। प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ ३७२ रुपैयाँ ६२ पैसा रहेको छ।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया