श्वेतगंगा हाइड्रोपावरको साधारण सभा भोलि बस्दै, के-के छन् प्रस्ताव?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ५ गते
श्वेतगंगा हाइड्रोपावरको साधारण सभा भोलि बस्दै, के-के छन् प्रस्ताव?

श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको भोलि (मंसिर ६ गते) वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ । यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स