श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको ९६ लाख ८९ हजार ५०० कित्ता सेयरको लक-इन अवधि भोलि साउन १७ गते समाप्त हुँदैछ। अब यी सेयरहरू साउन १८ गतेदेखि नेप्सेमा कारोबार योग्य हुनेछन्। कम्पनीले २०७९ साउन १७ गते सर्वसाधारणलाई आइपीओ बाँडफाँट गरेको थियो। सोही मितिबाट तीन वर्षसम्म संस्थापक समूह, कर्मचारी तथा आयोजना प्रभावित स्थानीयहरूलाई जारी गरिएका सेयरहरू लक-इन अवधिमा राखिएको थियो।
अब लक-इन अवधि समाप्त भएपछि ७३ लाख कित्ता संस्थापक सेयर, १५ लाख ९३ हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाको सेयर, र ७ लाख ९६ हजार ५०० कित्ता कर्मचारीको सेयर गरी कुल ९६ लाख ८९ हजार ५०० कित्ता सेयर बजारमा कारोबारका लागि खुला हुने भएका छन्।

















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया