श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको कुल ९६ लाख ८९ हजार ५०० कित्ता सेयरको लकइन अवधि आउँदो साउन १७ गते समाप्त हुँदैछ।
यो अवधिसँगै संस्थापक समूहका ७३ लाख कित्ता, कर्मचारीतर्फका ७ लाख ९६ हजार ५०० कित्ता, र आयोजना प्रभावित स्थानीय बासिन्दातर्फका १५ लाख ९३ हजार कित्ता सेयरहरू बजारमा खरीद–बिक्री गर्न मिल्ने हुनेछ।
यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरूले भने ती सेयरहरू तत्काल कारोबार गर्न नपाउने व्यवस्था यथावत् रहनेछ।
यसअघि, संस्थापक समूहकै विदेशी लगानीकर्ता “डोल्मा इम्प्याक्ट फण्ड–आई” का नाममा रहेको ३८ लाख ५१ हजार कित्ता सेयरको लकइन अवधि भने २०८० साल फागुन २ गते नै सकिएको कम्पनीले जनाएको छ।
कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरेपछि तीन वर्षसम्म संस्थापक, कर्मचारी र स्थानीय प्रभावितको शेयरमा लकइन लाग्ने व्यवस्था थियो, जुन अब समाप्त हुँदैछ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया