अब तीन हाइड्रोपावर कम्पनीको सेयर लक-इन अवधि समाप्त हुँदैछ। लक-इन अवधि सकिएसँगै यी कम्पनीका संस्थापक, आयोजना प्रभावित स्थानीय तथा कर्मचारीले होल्ड गरेका सेयरहरू दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।
मन्दाकिनी हाइड्रोपावर लिमिटेडको ४८ लाख ४५ हजार २१७ कित्ता सेयरको लक-इन अवधि आज साउन १६ गते समाप्त भएको छ। अब यी सेयरहरू साउन १७ गतेदेखि नेप्सेमा कारोबार योग्य हुनेछन्।अब लक-इन अवधि सकिएपछि ४१ लाख ७० हजार ५९७ कित्ता संस्थापक सेयर, ६ लाख ४८ हजार ७६२ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाको सेयर र २५ हजार ८५८ कित्ता कर्मचारीको सेयर गरी कुल ४८ लाख ४५ हजार २१७ कित्ता सेयर बजारमा कारोबार गर्न सकिने भएको हो।
त्यसैगरी, श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको ९६ लाख ८९ हजार ५०० कित्ता सेयरको लक-इन अवधि भोलि साउन १७ गते समाप्त हुँदैछ। अब यी सेयरहरू साउन १८ गतेदेखि नेप्सेमा कारोबार योग्य हुनेछन्। अब लक-इन अवधि समाप्त भएपछि ७३ लाख कित्ता संस्थापक सेयर, १५ लाख ९३ हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाको सेयर, र ७ लाख ९६ हजार ५०० कित्ता कर्मचारीको सेयर गरी कुल ९६ लाख ८९ हजार ५०० कित्ता सेयर बजारमा कारोबारका लागि खुला हुने भएका छन्।
त्यस्तै, सयपत्री हाइड्रोपावर लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको लक-इन अवधि साउन २३ गते सकिने भएको छ। लक-इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ। कम्पनीको २१ लाख कित्ता संस्थापक सेयर, १ लाख ७८ हजार ९४० कित्ता स्थानीयको सेयर र १४ हजार ४२१ कित्ता कर्मचारीको सेयर लक-इनमा रहेको छ।







![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया