मन्दाकिनी हाइड्रोपावर लिमिटेडको ४८ लाख ४५ हजार २१७ कित्ता सेयरको लक-इन अवधि भोलि साउन १६ गते समाप्त हुँदैछ। अब यी सेयरहरू पर्सि साउन १७ गतेदेखि नेप्सेमा कारोबार योग्य हुनेछन। कम्पनीले २०७९ साउन १७ गते सर्वसाधारणलाई आइपीओ बाँडफाँट गरेको थियो। त्यस मितिबाट तीन वर्षसम्म संस्थापक समूह, कर्मचारी तथा आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएका सेयरहरू लक-इनमा राखिएको थियो।
अब लक-इन अवधि सकिएपछि ४१ लाख ७० हजार ५९७ कित्ता संस्थापक सेयर, ६ लाख ४८ हजार ७६२ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाको सेयर र २५ हजार ८५८ कित्ता कर्मचारीको गरि कुल ४८ लाख ४५ हजार २१७ कित्ता सेयर बजारमा कारोबार गर्न सकिने भएको छ। यद्यपि, सञ्चालक र कम्पनीको उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीको हकमा भने नियमन अनुसार सेयर अझै रोक्का रहने कम्पनीले जनाएको छ।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया