मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा ३ करोड २४ लाख रुपैयाँ रहेको थियो। जस अनुसार, कम्पनीको नाफा २२.९४ प्रतिशतले बढेको हो।
कम्पनीको विद्युत बिक्री आम्दानी १.५१ प्रतिशतले, सञ्चालन मुनाफा ४.४१ प्रतिशतले र वित्तीय आम्दानी २५.२५ प्रतिशतले बढेको छ। त्यस्तै, वित्तीय खर्च १८.६५ प्रतिशतले घटेको छ। हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ६७ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ४ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेको छ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा प्रतिसेयर ९० पैसा बढेर ६ रुपैयाँ १७ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ १३ पैसा र मूल्य आम्दानी अनुपात ९७.६३ गुणा रहेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया