मन्दाकिनी हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नियुक्त

मन्दाकिनी हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नियुक्त

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । पुस ८ गते मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष शरद कुमार दाहाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीको २०८१ साल मंसिर ७ गते सम्पन्न भएको एघारौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पुँजीको १२५ प्रतिशत अर्थात १ :१.२५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नको लागि उक्त सम्झौता सम्पन्न भएको हो । साधारण सभा पश्चात कम्पनीको अधिकृत पुँजी २ अर्ब तथा जारी तथा चुक्ता पुँजी ६४ करोड ६७ लाख (५ प्रतिशत बोनस सेयर पश्चात) पुगेको छ । कम्पनीको केन्द्रीय कार्यालय भाटभटेनी, नक्साल, काठमाण्डौंमा रहेको छ ।

यस कम्पनीले प्रबद्र्धन गरेको सार्दीखोला जलविद्युत आयोजना कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा रहेको छ । आयोजनाबाट ४ मेगावाट बराबरको विद्युत २०७४ साल मंसिरदेखि व्यवसायिक रुपमा उत्पादन भई आयोजना पूर्ण रुपमा सञ्चालनमा आएको छ । हकप्रद सेयर जारी गरी कम्पनीले माथिल्लो सार्दिखोला जलविद्युत आयोजना (२.९ मेगावाट) निर्माण गर्ने तथा अन्य जलविद्युत परियोजनामा लगानी गर्ने योजना बनाएको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स