युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५२ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.६३ प्रतिशत कम हो। गत वर्ष यस अवधिमा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको सञ्चालन आम्दानी ३.०४ प्रतिशत घटेर २ अर्ब २५ करोड रुपैयाँ मा सीमित भएको छ। त्यस्तै, अन्य आम्दानीमा ४.३० प्रतिशतको कमी आएको छ। आम्दानी घट्दा नाफामा दबाब परेको हो। युनिलिभरको चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्स मा ५ अर्ब २८ करोड १३ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिमा युनिलिभर नेपालको प्रतिसेयर आम्दानी (EPS) २ हजार २८८ रुपैयाँ ३८ पैसा मा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा कम हो। यस्तै प्रतिसेयर नेटवर्थ भने बढेर ५ हजार ८३६ रुपैयाँ पुगेको छ।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया