छ्याङदी हाइड्रोपावर कम्पनीले २ आर्थिक वर्षको वार्षिक साधारण सभा पुस ५ गते बोलाएको छ । कम्पनीले दशौं र एघारौं वार्षिक साधारण सभा बोलाएको हो । सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
यस्तै, सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ । तर, कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । त्यसैले, यस पटक पनि सेयरधनीको हात खाली हुनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले मंसिर २७ गते गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार, मंसिर २६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।


















प्रतिकृया