चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले १ करोड ९८ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानी बेहोरेको छ। गत वर्ष यसै अवधिमा ४ करोड ८ लाख रुपैयाँ खुद नाफा गरेको बैंकले यस वर्ष भने नोक्सानीमा गरेको हो।
गत वर्ष इम्पेरमेन्ट चार्ज २ करोड ९८ लाख रुपैयाँभन्दा थियो भने यस वर्ष ३६ लाख ४१ हजार रुपैयाँ पुगेको छ। बैंकको हालको चुक्तापुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ छ भने रिटर्न अर्निंग २० करोड ३४ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ। जगेडा कोष रकम १९ करोड ८ लाख रुपैयाँ रहेको यस बैंकले यस वर्ष ५ अर्ब २१ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन गत वर्षभन्दा १५.२३ प्रतिशत बढी हो।
कर्जा प्रवाहमा पनि करिब १२ प्रतिशत वृद्धि भई ३ अर्ब ८१ करोड ५५ लाख रुपैयाँभन्दा बढी पुगेको छ। बैंकको निष्क्रिय कर्जा अघिल्लो वर्षको ४.७४ प्रतिशतबाट बढेर यस वर्ष ७.२७ प्रतिशत पुगेको छ। अहिले बैंकको प्रतिसेयर आम्दानी -३ रुपैयाँ ९४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ५० पैसा छ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया