आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा ६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिमा १९.५० प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले ५ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ७.६४ प्रतिशतले बढेर ४५ करोड ९३ लाख रुपैयाँ पुगेको छ। यता बीमाशुल्क आर्जन भने अघिल्लो वर्षको तुलनामा ०.२३ प्रतिशतले घटेर २२ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ। यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४.९४ प्रतिशतले र कुल खर्च ५.१९ प्रतिशतले बढेको देखिन्छ।
आईजीआई प्रुडेन्सियलको हालको चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको छ। समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी बढेर ८ रुपैयाँ ६ पैसामा पुगेको छ र प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ ४९ पैसा रहेको छ ।












![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया