आइएमई लाइफ इन्स्योरेन्सको नाफामा ११.२२ प्रतिशतको वृद्धि, कस्ता छन् अन्य प्रमुख सूचक?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २९ गते
आइएमई लाइफ इन्स्योरेन्सको नाफामा ११.२२ प्रतिशतको वृद्धि, कस्ता छन् अन्य प्रमुख सूचक?

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ११.२२ प्रतिशतले बढेर १४ करोड ५० लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष सोही अवधिको तुलनामा १३ करोड रुपैयाँ थियो। 

कम्पनीले जीवन बीमा कोष पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा कम्पनीको जीवन बीमा कोष ७ अर्ब ५ करोड रुपैयाँ थियो जुन अहिले ४२ ७२ प्रतिशतले बढेर १० अर्ब ८६ करोड रुपैयाँ  पुगेको छ।  

कम्पनीको कुल आम्दानी १६.०६ प्रतिशतले बढेर १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ भने खुद बीमाशुल्क आर्जन ११.९६ प्रतिशतले बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको छ। रिटेन्ड अर्निङमा १ अर्ब २३ करोड ३१ लाख रुपैयाँ, महाविपत्ति कोषमा १९ करोड ४१ लाख रुपैयाँ र सेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६० पैसामा छ भने प्रतिसेयर नेटवर्थ भने १५० रुपैयाँ ६६ पैसा कायम भएको छ। 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स